तीन दिवसीय अभियानका लागि उपेन्द्र यादव सप्तरीमा
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन् । बुधबारदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन् ।
पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ । जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रीय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ ।
दोस्रो दिन पौष २५ गते सप्तरी क्षेत्र नं। २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रम विष्णुपुर गाउँपालिका वडा नंं १ स्थित प्रसाहीमा आयोजना गरिएको छ । त्यस लगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
पछिल्लो पाँच महिनादेखि निरन्तर राजधानी काठमाडौँदेखि देशव्यापी हरेक पालिका र वडा स्तरसम्मै संगठन बिस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा होमिएका छन् ।
पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष यादव सप्तरीमा चार वटै निर्वाचन क्षेत्रसहित जिल्लाभरिका अगुवा नेता कार्यकर्ताको लागि प्रशिक्षण दिन पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण