लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनुपर्ने बताएका हुन् ।
विश्वविद्यालयको छैटौँ सभा (सिनेट)लाई बुधबार बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताए। प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने सङ्कल्पसहित विश्वविद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरूको अध्ययन केन्द्रको रूपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए ।
विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराए ।
विश्व विद्यालयको सिनेट बैठकमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगतिको समीक्षा, चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम लगायत विविध विषयहरूमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण