प्रेस काउन्सिलविरुद्धको मुद्दा : उच्च अदालतद्वारा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश*
काठमाडौँ । उच्च अदालत पाटनले प्रेस काउन्सिलविरुद्ध दायर भएको मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ । दियो पोस्ट निवेदक भएको मुद्दामा बुधबार न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले प्रत्यर्थी तर्फबाट लिखित जवाफ समेत प्राप्त भइसकेको देखिएकाले सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो ।
यस्तै पुस १९ गतेको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजातहरूको प्रतिलिपि मगाएर मिसिलमा सामेल गर्न पनि आदेश दिएको छ ।
यसअघि १९ गते अदालतले सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवम् सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश दिएको थियो ।
गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेकोलगायत कारण देखाउँदै प्रेस काउन्सिलले विभिन्न अनलाइन पोर्टललाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको थियो । काउन्सिलको उक्त काम रोक्न अन्तरिम आदेश माग गर्दै दियो मिडिया प्रालिले उच्च अदालतमा रिट दायर गरेको थियो ।
*यसअघि प्रकाशित समाचारमा केही तथ्यगत त्रुटि हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ : सम्पादक
_jldjvdPf57.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण