बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कपिल शर्माकी ‘बहिनी’ लाई चुम्बन गरेर विवादमा घेरिएका थिए जोन अब्राहम, यस्ता छन् अन्य पाँच विवाद

आइतबार, १३ जेठ २०७५, १२ : ०९
आइतबार, १३ जेठ २०७५

नायक जोन अब्राहमको फिल्म ‘परमाणुः द स्टोरी अफ पोखरण’ शुक्रबार रिलिज भएको छ । फिल्मले राम्रै व्यापार गरिरहेको बताइएको छ र १५ वर्षको फिल्म करियरमा जोनले करिब ४५ वटा फिल्ममा काम गरेका छन् । यद्यपी, नका धेरैजसो फिल्ममा बक्स अफिसमा खासै राम्रो गर्न सकेको छैन । स्मरण रहोस्, जोन विभिन्न विवादले पनि घेरिएका छन् । आज हामी तपाईंलाई त्यसबारे जानकारी दिँदै छौंः

– कुरा सन् २०१० को हो । जब जोन फिल्म ‘झुठा ही सही’ को म्यूजिक प्रोमोशनका लागि एक सिंगिङ रियालिटी शोमा गएका थिए । त्यहाँ उनले हास्यकलाकार कपिल शर्माले बहिनी बनाएका सुगन्धा मिश्रालाई चुम्बन गरेका थिए । वास्तवमा, जोन सुगन्धाको प्रस्तुती देखेर निकै प्रभावित भएका थिए जसका कारण जोनले उनलाई चुम्बन गरेका थिए । यद्यपी, सुगन्धाका हजुरबुवा उक्त घटनाका कारण निकै रिसाए । उनले मिडियामा यसबारे विभिन्न टिका टिप्पणी गरे । यसका लागि जोनले पछि निकै आलोचना पनि खेप्नु पर्यो ।

– फिल्म ‘धूम–टु’ मा ऋतिक रोशनलाई साइन गरेपछि जोन अब्राहमले फिल्मका निर्माता आदित्य चोपडासँग दुर्व्यवहार गरेका थिए । तर जब जोनलाई आफ्नो गल्ती महसुस भयो तब उनी आदित्यलाई भेट्न गए । यता आदित्य भने जोनलाई हेर्नसमेत चाहँदैन थे । आदित्यले जोनलाई फिल्म ‘झुम बराबर झुम’ बाट पनि आउट गरेका थिए । स्मरण रहोस्, फिल्म धूममा जोन अब्राहमले नेगेटिभ भूमिका निभाएका थिए ।

– सन् २००८ मा रिलिज भएको फिल्म ‘दोस्ताना’ मा जोन अब्राहम र अभिषेक बच्चनको अनस्क्रिन किस सीन थियो । त्यसपछि जोनले निकै आलोचना झेल्नुपरेको थियो ।

– एक समय थियो जब जोन अब्राहम नायिका बिपाशा बसुसँग सम्बन्धमा थिए । दुबै लामो समयसम्म लिभ–इनमा बसेका थिए । तर बिपाशालाई डेट गरिरहेका बेला नै उनी प्रिया रुन्चललाई डेट गरिरहेका थिए । यसै कारण बिपाशाले जोनसँगको सम्बन्ध समाप्त गरिन् । पछि जोनले प्रिया र बिपाशाले करन सिंह ग्रोवरसँग विवाह गरे ।

– शुक्रबार रिलिज भएको फिल्म परमाणुः द स्टोरी अफ पोखरण पनि रिलिज अघि विवादमा घेरिएको थियो । फिल्मको निर्माण जोनको कम्पनी जोए इन्टरटेन्मेन्ट र प्रेरणा अरोडाको कम्पनी क्रिअर्ज कम्पनीमार्फत गरिएको हो । तर फिल्म रिलिज हुनु अघि नै पैसाको लेनदेनको विवाद सार्वजनिक भयो । दुबैले एक–अर्काविरुद्ध पुलिसमा मुद्दा दर्ता गरे । जोनले प्रेरणा र नउको कम्पनीबीच सम्झौता भएको ३५ करोड भारु दिन ढिलाई गरेको भन्दै मुद्दा दर्ता गरे भने प्रेरणाले जोनमाथि ब्ल्याकमेल गरेको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप