प्रिमियरमा कलाकर्मीले भने– ‘कार्साङ’ मौलिक फिल्म हो’
काठमाडौँ । फिल्म ‘कार्साङ’ को प्रिमियर गरिएको छ । बुधवार साँझ बिग मुभिजमा चलचित्रकर्मी तथा रंग पत्रकार माझ फिल्मको प्रिमियर गरिएको हो । प्रिमियरमा उपस्थित कलाकर्मीले ‘कार्साङ’ लाई हेर्नै पर्ने मौलिक फिल्मको रूपमा चर्चा गरेका छन् । शेर्पा समुदायको मौलिक कथा भन्ने फिल्मले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूको धारणा रहेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, वसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकर्मी फिल्म हेर्न प्रिमियरमा पुगेका थिए ।
प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो फिल्मले । शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको फिल्म हलको वेटिङ कक्षले भिन्न माहोल तयार पारेको थियो ।
शुक्रबारबाट प्रदर्शनमा आउने ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण