अपडेट : भोलिसम्म पैसा तिर्ने सर्तमा जोडियो कांग्रेस संसदीय दल कार्यालयको लाइन
बिहीबार, २५ पुस २०८१, १३ : ०८
काठमाडौँ । पैसा नतिरेपछि काटिएको नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन पुन: जोडिएको छ । संघीय संसद् सचिवालयले बत्तीको पैसा नतिरिदिएपछि आज बिहानैदेखि कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको थियो ।
बत्तीको पैसा तीन महिना अर्थात् ९० दिनसम्म नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार करिब ६५ हजार रुपैयाँ तिर्न बाँकी छ ।
भोलिसम्म पैसा तिर्ने सर्तमा उर्जा मन्त्रीलाई भन्न लगाएर काटिएको बिजुलीको लाइन जोडिएको एक कर्मचारीले जानकारी दिए । बिहान १० बजे काटिएको लाइन प्राधिकरणबाट १:१५ बजे पुन: जडान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण