लस एन्जलिसमा डढेलो : कुन–कुन हलिउड सेलिब्रेटीले घर गुमाए ?
लस एन्जलिस । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलिसमा मंगलबारदेखि सुरु भएको डढेलो सहर हलिउडमा प्रवेश गरेसँगै त्यहाँ रहेका सेलिब्रेटीको लाखौँ डलर पर्ने घरहरू खरानी बनेका छन् । डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन जसले गर्दा अझै थुप्रै घरहरू डढेलोको चपेटा पर्ने खतरा बढेको छ ।
६ वटा छुट्टाछुट्टै स्थानमा यति बेला आगलागी भएको छ जसले गर्दा १ हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । हालसम्म १५ हजार एकडभन्दा बढी क्षेत्रमा आगलागी फैलिएको छ ।
लस एन्जलिसमा धनीहरू बस्ने प्यासिफिक प्यालिसाडेस, मालिबु, सान्टा मोनिका, एटन कान्यन, हलिउड हिल्सलगायत क्षेत्र आगलागीबाट प्रभावित भएका छन् । जसबाट हलिउड वाक अफ फेम र हलिउड बोलजस्ता पर्यटकीय क्षेत्रहरूमा असर पुगेको छ ।

चर्चित कमेडियन बिली क्रिस्टलले आगलागीबाट प्यासिफिक प्यालिसाडेसमा रहेको आफ्नो ४६ वर्ष पुरानो घर गुमाएका छन् । त्यस्तै, रियालिटी टिभी स्टार पेरिस हिल्टनको घर पनि जलेर ध्वस्त बनेको छ । उनले टिभीमा मालिबुस्थित आफ्नो घर जलेर खरानी भएको हेर्न बाध्य भएको बताएकी छन् । ‘यस्तो कुरा कसैले अनुभव गर्न नपरोस्,’ उनले भनेकी छन् ।
यसैगरी, स्टार वार्सका अभिनेता मार्क ह्यामिल, अभिनेता टम ह्याङ्क्स र रिता विल्सका छोरा चेट ह्याङ्क्स, ओस्कार विजेता अभिनेता जेमी ली कर्टिस, ओस्कारमा मनोनयनमा परेका अभिनेता जेम्स वुड, एडम ब्रुडी र लेटन मिस्टरको घर पनि जलेको छ ।
यस्तै, आना फेरिस, किमेडियन युजिन लेभी, एन्टोनी हप्किन्स, डेन वारेन, रिची लेक र जेनिफर लभ हेविटको घर पनि ध्वस्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण