सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोसँग कति धरौटी मागियो ?
बिहीबार, २५ पुस २०८१, १८ : १७
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।
लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण