मोरङमा भेटिएका दुई वटा सिलिण्डर बम निष्क्रिय गराइयो, दुईवटा खाली सिलिण्डर

विराटनगर । मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँ ठडिया पश्चिम गछिया पूर्वमा रहेको मालती पुल मुनी माओवादी सशस्त्र युद्धको समयमा राखिएका चारवटा सिलिण्डर बम नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
मालती पुलको मुनी बम रहेको भन्ने सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले खोजी गरेको थियो । नेपाली सेनाको टोलीले गाडिएको अवस्थामा शिलिण्डर बम फेला पारेको थियो । त्यसक्रममा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बम निष्क्रिय गर्ने क्रममा ठुलो आवाजका साथ विस्फोट भएको थियो ।
बिहीबार बिहानैदेखि पूर्वपश्चिम एसिएन हाइवेको उक्त खण्डमा आवत जावत बन्द गरिएको थियो । बमको खोजी गर्न र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई बिहान बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म लागेको थियो । त्यसक्रममा २ वटा शिलिण्डर विस्फोट भएको र २ वटा सिलिण्डर खाली रहेको भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?