मोरङमा भेटिएका दुई वटा सिलिण्डर बम निष्क्रिय गराइयो, दुईवटा खाली सिलिण्डर
विराटनगर । मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँ ठडिया पश्चिम गछिया पूर्वमा रहेको मालती पुल मुनी माओवादी सशस्त्र युद्धको समयमा राखिएका चारवटा सिलिण्डर बम नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
मालती पुलको मुनी बम रहेको भन्ने सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले खोजी गरेको थियो । नेपाली सेनाको टोलीले गाडिएको अवस्थामा शिलिण्डर बम फेला पारेको थियो । त्यसक्रममा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बम निष्क्रिय गर्ने क्रममा ठुलो आवाजका साथ विस्फोट भएको थियो ।
बिहीबार बिहानैदेखि पूर्वपश्चिम एसिएन हाइवेको उक्त खण्डमा आवत जावत बन्द गरिएको थियो । बमको खोजी गर्न र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई बिहान बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म लागेको थियो । त्यसक्रममा २ वटा शिलिण्डर विस्फोट भएको र २ वटा सिलिण्डर खाली रहेको भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण