सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर छुटे तीन जना
बिहीबार, २५ पुस २०८१, १८ : ५९
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना छुटेका छन् ।
बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो ।
यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण