सहकारी ठगी प्रकरण
रवि लामिछाने तत्काल नछुट्ने सम्भावना
बिहीबार, २५ पुस २०८१, १९ : १६
काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्ने अवस्था रहेको छ ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने सम्भावना देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी रहेकाे स्रोतको भनाइ छ ।
यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
-
महिला नेतृत्वलाई निर्णायक तहमा पुर्याउन जोड
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
-
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण