सहकारी ठगी प्रकरण
रवि लामिछाने तत्काल नछुट्ने सम्भावना
बिहीबार, २५ पुस २०८१, १९ : १६

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्ने अवस्था रहेको छ ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने सम्भावना देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी रहेकाे स्रोतको भनाइ छ ।
यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैन’
-
गिरफ्तारीबाट जोगिए रणवीर
-
महाभियोग खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सर्वोच्च अदालतको शरणमा
-
नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ : कृषिमन्त्री अधिकारी
-
नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी घटनास्थलमा पुगे
-
ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भयो : श्रेष्ठ