रविका समर्थकको नारा: रवि दाइ हाईहाई, भ्रष्टाचारी बाईबाई
बिहीबार, २५ पुस २०८१, १९ : ३५
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि समर्थकहरूले खुसीयाली मनाएका छन् ।
पोखरास्थित अदालत नजिकै भेला भएका समर्थकहरूले रविको पक्षमा चर्को नाराबाजीसहित खुसीयाली मनाएका हुन् ।
‘न्यायालयलाई धन्यवाद, रवि दाइ जिन्दावाद । रवि दाइ हाईहाई, भ्रष्टाचारी बाईबाई, यो जित कसको जनताको...’लगायतका नारा समर्थकहरूले लगाएका छन् ।
कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यद्यपि अन्य जिल्लामा पनि सहकारी ठगीसँग सम्बन्धित मुद्दा बाँकी रहेकाले उनी तत्काल छुट्न सक्ने स्थिति भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण