रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
बुटवल । अदालतको फैसलापछि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का रतनअहिर यादव, कोटहीमाई गाउँपालिका–३ का बिक्रमादेवी मिश्रा, रमा शङ्कर मिश्रा र शिवशङ्कर मिश्रा, कोटहीमाई गाउँपालिका–५ का कन्हई प्रसाद गडेरिया छन् ।
यस्तै रोहिणी गाउँपालिका–३ का शिवशङ्कर कुर्मी, प्रेमप्रसाद कुर्मी, पुजारी कुर्मी र सन्दीप कुर्मी र सिद्धार्थनगर नगरपालिका–४ का राधेश्याम अहिर पनि पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले पक्राउ परेका प्रतिवादीहरूमाथि बैकिङ कसुर, चोरी, लेनदेन, अंशबन्डा, सवारी ज्यान, जालसाजी र कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा सजायको फैसला गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण