रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ

बुटवल । अदालतको फैसलापछि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का रतनअहिर यादव, कोटहीमाई गाउँपालिका–३ का बिक्रमादेवी मिश्रा, रमा शङ्कर मिश्रा र शिवशङ्कर मिश्रा, कोटहीमाई गाउँपालिका–५ का कन्हई प्रसाद गडेरिया छन् ।
यस्तै रोहिणी गाउँपालिका–३ का शिवशङ्कर कुर्मी, प्रेमप्रसाद कुर्मी, पुजारी कुर्मी र सन्दीप कुर्मी र सिद्धार्थनगर नगरपालिका–४ का राधेश्याम अहिर पनि पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले पक्राउ परेका प्रतिवादीहरूमाथि बैकिङ कसुर, चोरी, लेनदेन, अंशबन्डा, सवारी ज्यान, जालसाजी र कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा सजायको फैसला गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा