अमेरिकी इतिहासकै महँगो भयो एलएको डढेलो
वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोनिर्याको लस एन्जलस (एलए) सहरमा केही दिनदेखि जङ्गली डढेलो सल्किरहेको छ । सहरी बस्तीसम्म आइपुगेको यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलोमध्ये एक भएको विज्ञहरूले बताइरहेका छन् । अहिलेसम्म डढेलोका कारण भएको क्षति ५० अर्ब डलरभन्दा माथि पुगिसकेको विज्ञहरू बताउँछन् ।
निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै २ हजार घर जसिलसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।
अधिकारीहरू आगो निभाउन प्रयासरत रहेको भएपनि डढेलो निभ्न सकेको छैन । एक्यूवेदरका प्रमुख मौसमविद् जोनाथन पोर्टरले यसलाई भयानक विपद् भनेका छन् । २०१८ मा उत्तरी क्यालिफोनिर्यामा भएको जङ्गली डढेलोमा ८५ जनाको मृत्यु भएको थियो भने ५० हजारभन्दा धेरै विस्थापित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण