नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलस (एलए)को जंगलमा लागेको आगो निरन्तर भड्किरहेको छ । डढेलोमा परेर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । पश्चिमी पहाडहरूमा नयाँ डढेलो सुरु भएको र तीव्र हावाका कारण यो छिटो फैलिन सक्ने एलएकी मेयर करेन बासले बताएकी छिन् ।
प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न उनले सर्वसाधारणलाई अनुरोध गरेकी छिन् । प्यालिसेड्समा डढेलोमा परेर दुई जनाको मृत्यु भएको एलएको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले बताएकी छिन् । अहिलेसम्म डढेलोमा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी नभएको पनि उनले बताइन् ।
यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो । प्यालिसेड्सको डढेलो १९ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको र यसमा परेर ५ हजार ३०० भन्दा बढी घर वा भवनहरू ध्वस्त भएको बताइएको छ ।
यसैबिच भेन्चुरा काउन्टीमा डढेलो सुरु भएको बताइएको छ । यो डढेलो ५० एकड क्षेत्रफलमा फैलिएको र यसलाई निभाउन ६० भन्दा बढी दमकल कम्पनीहरू लागि परेको भनिएको छ । भेन्चुरा काउन्टी बाहेक केनेथमा पनि डढेलो देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण