योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले गुल्मी धुर्कोट गाउँ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूरक बजेट नल्याउने स्पष्ट पार्दै वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने बताए ।
मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पार्दै ‘चालु वर्षमा पनि कार्यान्वयन गर्नको लागि सबैले साथ दिनुपर्ने बताए । उनले काम गुणस्तरीय ध्यान दिँदै राम्रोसँग कार्यान्वयन गर्न सक्रियता चाहिने बताए ।
लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एमाले गाउँ पार्टी कमिटीले विभिन्न माग समेटिएको ज्ञापन पत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म