योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले गुल्मी धुर्कोट गाउँ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूरक बजेट नल्याउने स्पष्ट पार्दै वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने बताए ।
मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पार्दै ‘चालु वर्षमा पनि कार्यान्वयन गर्नको लागि सबैले साथ दिनुपर्ने बताए । उनले काम गुणस्तरीय ध्यान दिँदै राम्रोसँग कार्यान्वयन गर्न सक्रियता चाहिने बताए ।
लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एमाले गाउँ पार्टी कमिटीले विभिन्न माग समेटिएको ज्ञापन पत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण