यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाए । उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए ।
उनले भने, ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रूपले पाल्र्यामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’
अध्यक्ष प्रचण्डले बैठकमा समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण