लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या ११ जना पुग्यो
लस एन्जलिस । अमेरिकाको लस एन्जलिस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अमेरिकी समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका हुन्। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ ।
लस एन्जलिसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्। आगो पालिसेड्समा सबैभन्दा व्यापक छ। यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ ।
इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ । आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।
हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ भने ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ । योसँगै केनेथको एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ । हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण