उपभोक्ताको हित संरक्षण गर्न व्यवसायी इमान्दार र उपभोक्ता सचेत हुनुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानवअधिकार सम्बन्धी सक्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनुपर्ने बताए । प्रदेश सरकारले अनुगमनलाई तीव्रता दिन प्रदेशस्तरीय संयन्त्र निर्माण गरिने समेत उनले बताए । उनले चाडपर्वका बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिन नै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्ने बताए ।
बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने समेत उनले बताए । अखाद्य वस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दिर्घरोगबाट पीडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य वस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए ।उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानुनी संरचना निर्माण, सचेतना अभियान, गुणस्तरीय परीक्षण र नियमनको कामलाई प्रभावकारी रूपमा अघि बढाइने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण