७ करोड ठगेको आरोपमा काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष पक्राउ
शनिबार, २७ पुस २०८१, १५ : ५९
_GdDzkuLuYw.jpg)
काठमाडौँ । जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का एकजना पूर्व वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
५८ वर्षीय विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा (एमाले) का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर–८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए । ठगीमा संलग्न तारकेश्वर–८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
-
फागुनमा महाधिवेशन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान
-
गर्भ निरोधक चक्कीले बढ्छ स्ट्रोक र हर्ट अट्याकको खतरा
-
हरियो धनियाँमा भेटियो अत्यधिक विषादी
-
२०८४ अघि फेरि सम्भव होला एमाले र माओवादीबिच पार्टी एकता ?
-
सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन ?