भारतीय टोलीमा शामीको कमब्याक

नयाँ दिल्ली । बीसीसीआईले इंग्ल्याण्डविरुद्धको आगामी टी–२० सिरिजका लागि भारतीय पुरुष टोलीको घोषणा गरेको छ । छनोट समितिले टोलीको कप्तानी सूर्यकुमार यादवलाई दिएको छ ।
टोलीका १५ सदस्यमा सञ्जु सैमसन (विकेटकिपर), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्डेय, रिंकु सिंह, नितिश कुमार रेड्डी, अक्षर पटेल (उपकप्तान), हर्षित राना, अर्शदीप सिंह, मोहम्मद शामी, वरुण चक्रवर्ती, रवि रहेका छन् । बिश्नोई, वासिङ्टन सुन्दर र ध्रुव पटेल (विकेटकिपर) परेका छन् ।
मोहम्मद शमी २०२३ को एकदिवसीय विश्वकपको फाइनलदेखि भारतीय टोलीबाट बाहिर थिए । शल्यक्रिया र चोटका कारण उनी लामो समयपछि सिरिजका लागि टिममा फर्किएका हुन् ।
पाँच खेलको सिरिजको पहिलो खेल २२ जनवरीमा कोलकातामा हुनेछ । दोस्रो खेल २५ जनवरीमा चेन्नईमा, तेस्रो खेल २८ जनवरीमा राजकोटमा, चौथो खेल ३१ जनवरीमा पुणेमा र अन्तिम र पाँचौं खेल २ फेब्रुअरीमा मुम्बईमा हुनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एसीसीको कुनै पनि प्रतियोगिता नखेल्ने, एसिया कपको भविष्य पनि अन्यौलमा
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल