भारतीय टोलीमा शामीको कमब्याक
नयाँ दिल्ली । बीसीसीआईले इंग्ल्याण्डविरुद्धको आगामी टी–२० सिरिजका लागि भारतीय पुरुष टोलीको घोषणा गरेको छ । छनोट समितिले टोलीको कप्तानी सूर्यकुमार यादवलाई दिएको छ ।
टोलीका १५ सदस्यमा सञ्जु सैमसन (विकेटकिपर), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्डेय, रिंकु सिंह, नितिश कुमार रेड्डी, अक्षर पटेल (उपकप्तान), हर्षित राना, अर्शदीप सिंह, मोहम्मद शामी, वरुण चक्रवर्ती, रवि रहेका छन् । बिश्नोई, वासिङ्टन सुन्दर र ध्रुव पटेल (विकेटकिपर) परेका छन् ।
मोहम्मद शमी २०२३ को एकदिवसीय विश्वकपको फाइनलदेखि भारतीय टोलीबाट बाहिर थिए । शल्यक्रिया र चोटका कारण उनी लामो समयपछि सिरिजका लागि टिममा फर्किएका हुन् ।
पाँच खेलको सिरिजको पहिलो खेल २२ जनवरीमा कोलकातामा हुनेछ । दोस्रो खेल २५ जनवरीमा चेन्नईमा, तेस्रो खेल २८ जनवरीमा राजकोटमा, चौथो खेल ३१ जनवरीमा पुणेमा र अन्तिम र पाँचौं खेल २ फेब्रुअरीमा मुम्बईमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण