वामदेवले एमाले र माओवादीसँग वार्ता गर्ने
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले अध्यक्ष वामदेव गौतमको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ ।
शनिबार बसेको अभियानको बैठकले गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको हो ।
नेता गौतमका अनुसार वार्ता कमिटीमा अभियानका उपाध्यक्षहरू महेन्द्र अर्याल,डिल्लीराज भट्टराई, महासचिव डीबी कार्की, सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेका छन् ।
‘हामी तीनवटै पार्टीसँग वार्ता गर्ने भएका छौ । एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न केन्द्रीय कमिटी बैठकले वार्ता कमिटी गठन गरेको छ’, गौतमको भनाइ छ । उनले आवश्यकता अनुसार वार्ता कमिटीले तीनवटै पार्टीसँग औपचारिक वार्ता गर्दै जाने बताए । ‘यसअघि हामीले अनौपचारिक ढंगले विभिन्न पार्टीसँग वार्ता गरेका थियौँ, अव औपचारिक वार्ता हुन्छ ।’
गौतमले यसअघि नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पटक पटक वार्ता गरेका थिए । वार्ताका क्रममा गौतमलाई वरिष्ठ नेता बनाउन सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल समेत तयार भैसकेको थिए । तर पछिल्लो समय फेरि तीनवटै पार्टीसँग एकता गर्न वार्ता कमिटी गठन गरेपछि एकीकृत समाजवादीसँग तत्काल एकता नहुने देखिएको छ । गौतमले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने भनेर आफुहरुले नभनेको बताए ।
‘हामीले एकीकृत समाजवादीसँग तत्काल एकता गर्छौ भनेका थिएनौँ । बैठक बसेर निर्णय गर्छौ भनेका थियौ’, गौतमले भने,‘अव हाम्रो बैठकको निर्णय र आवश्यकता अनुसार अघि बढ्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण