लस एन्जलिसको आगलागी कुन क्षेत्रमा फैलिरहेको छ ?
लस एन्जिलस । अमेरिकाको लस एन्जलिसमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो अझै फैलिरहेको क्षेत्रहरूमा पालिसेड्स, ईटन र हर्स्ट समावेश छन्।
अमेरिकाको लस एन्जलसमा लागेको आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । इटनमा भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ भने पालिसेड्समा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।
आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ। यहाँ २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको आगो ११ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ ।
हर्स्टको आगो ७९९ एकडमा फैलिएको र यहाँ ७६ प्रतिशत आगो नियन्त्रणमा आएको छ । राष्ट्रिय मौसम सेवाले हावाको बहाव फेरि बलियो हुन सक्ने चेतावनी दिएको छ ।
यता, दमकल विभागले केनेथमा लागेको आगो शतप्रतिशत नियन्त्रणमा आएको जानकारी दिएको छ ।
अमेरिकामा कूल ६ स्थानमा आगलागी भएको छ, जसमध्ये चार ठाउँमा आइतबार पनि आगो निभाउने काम भइरहेको छ । केनेथमा बिहीबारदेखि आगो लागेको थियो।
केनेथको १,०५२ एकडमा आगो फैलिएको थियो। आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये केनेथ तेस्रो स्थानमा छ । तर, आगो शतप्रतिशत नियन्त्रणमा आउनुको अर्थ पूर्णरुपमा निभिएको होइन । यसको मतलब आगो अझै फैलिनबाट रोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण