माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया थालिने
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले विपद् पश्चातको पुनः निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत भएसँगै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जनाएको छ ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आइतबार बसेको बिपद् राष्ट्रिय परिषद्को १६ औँ बैठकले भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनः निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको जानकारी दिँदै अव आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनः निर्माण थालनी हुने जनाएको हो ।
प्राधिकरणका सहसचिव डा. भीष्म कुमार भुसालले विपद्बाट भएको क्षतिको विस्तृत आङ्कलन नभएका क्षेत्रमा माघ २ गतेदेखि क्षतिको विवरण संकलन हुने बताए ।
लाभग्राहीसँग सम्झौता भयसँगै पहिलो किस्तामा ५० हजार उपलब्ध गराउने र तीन किस्तामा पूर्णता दिइने भुसालले जानकारी दिए । उनले स्थानीयस्तरमा नै इन्जिनियर खटाउने र पुनः निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर कायम गरिने बताए ।
उनले पुनः निर्माण र पुनःस्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने र स्थानीयलाई पनि परिचालन गरिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण