नारायणगढमा क्याम्पाचौर फुड फेस्टिभल सुरु
चितवन । चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्टिभल सुरु भएको छ । १५ औँ संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिभल सुरु भएको हो ।
फुड फेस्टिभलको सोमबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । फेस्टिभल माघको ७ गतेसम्म चल्ने छ । चितवन महोत्सवको अवसर पारेर सधैँ फुड फेस्टिभल गर्ने गरिएको छ ।
नेवा पुचः नारायणगढका द्धित्तिय उपाध्यक्ष श्याम कृष्ण श्रेष्ठले चितवनका पर्यटकीय गन्तव्यमा आएका आन्तरिक तथा बाह्य पर्यटकसहित चितवन महोत्सव घुम्न आउनेहरूलाई लक्षित गरी फुड फेस्टिभल सुरु गरिएको बताए ।
फेस्टिभलमा विभिन्न होटल तथा रेष्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर फेस्टिभलमा आउनेहरूलाई खुवाउने छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकारहरू फुड फेस्टिभलमा उपलब्ध गराइने श्रेष्ठको भनाइ छ ।
फुड फेस्टिभल हुने क्षेत्रमा विभिन्न आकर्षक झिलिमिली बत्तीहरूसहित सजाइएको छ । फुड फेस्टिभलमा दैनिक सांस्कृतिक कार्यक्रम समेत हुने श्रेष्ठले जानकारी दिए । फुड फेस्टिभलमा दुई दर्जनभन्दा बढी स्टल रहेका छन् भने स्टल थपिन क्रम जारी छ ।
फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्टिभल बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।
_6EWEgA0AWg.jpg)
_eL8Odag6ze.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण