पालिकामा रङ्गशाला निर्माण
हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको चार करोड ५० लाख र करिब दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताए । उनले रङ्गशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने जानकारी दिए ।
‘जनप्रतिनिधि र स्थानियको इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रङ्गशाला बनेकोछ’, उनले भने, ‘पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।’ उनले रङ्गशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिए ।
रङ्गशालाको निर्माण पूरा भएसँगै आगामी फागुन १ गतेदेखि सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । उक्त प्रतियोगिताका यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण