‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
काठमाडौँ । गायक तथा सङ्गीतकार राजनराज सिवाकोटी र गायिका मिलन नेवार काठमाडौँको दरबारमार्गमा रहेको ‘मधुशाला गीत गजल’ साङ्गीतिक प्रस्तुति दिने भएका छन् । मधुशालाले यही माघ १२ गते आफ्नो १४औँ वार्षिकोत्सव आयोजना गर्न लागेको विशेष साङ्गीतिक कार्यक्रमका उनीहरुले साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।
मधुशालाका सञ्चालकहरूमध्येका एक जोर्डन राजभण्डारीका अनुसार लाइभ ब्याण्डसहित प्रस्तुत हुने राजनराज सिवोकाटी तथा मिलन नेवारले आफ्ना लोकप्रिय यूगलहरुको साथमा आ–आफ्ना लोकप्रिय एकल गीतहरूसमेत प्रस्तुत गर्नेछन् ।
मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार मधुशाला गीत गजलमा यो जनवरी महिनालाई नै ‘एनिभर्सरी मन्थ’ को रूपमा सेलिब्रेट गरिँदै छ । यसअनुसार यही जनवरी २३ सम्म यो रेस्टुराँमा ग्राहकहरूले खानामा १५ प्रतिशतको छूट पाउने पाइरहेका छन् । यसबाहेक हरेक टेबलमा हुक्का निःशुल्क उपलब्ध गराइएको छ ।
अत्यन्त आकर्षक सजावट, लोभलाग्दो एम्बियन्स तथा स्वादिष्ट परिकारका लागि ग्राहकमाझ परिचित मधुशाला गीत गजलको १४औँ वार्षिकोत्सवलाई भव्य बनाउनका लागि राजनराज तथा मिलन नेवारले आफ्नो तर्फबाट तयारी थालिसकेको बताएका छन् । उक्त कार्यक्रममार्फत राजनराज तथा मिलनले आफ्नो नयाँ ब्याण्डको घोषणा गर्दै छन् । वार्षिकोत्सव विशेष कार्यक्रममा मधुशालाको हाउस ब्याण्डले समेत उनीहरूलाई साथ दिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण