विपक्षी दलहरूले गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने

काठमाडौँ । विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको हो ।
कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठले बताए ।
उनका अनुसार कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ । ‘बैठकले दुई सदस्य ड्राफ्ट कमिटी बनाएको छ । बेलुकासम्म तयार हुन्छ । भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिन्छ । पत्रकार सम्मेलनमा शीर्ष नेताले पनि बोल्नुहुन्छ’, उनले भने ।
ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय लगायत समेटिने श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल
-
सिरहा विभेद घटना : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
-
आखेटोपहार सहित युवक पक्राउ
-
१० बजे १० समाचार : भोलि प्रमुख तीन दलको बैठक, पूर्वराजालाई देउवाको सुझाव
-
कांग्रेसले घटायो वडाध्यक्षले बुझाउनु पर्ने लेबी
-
भन्सार छलेको १९ थान आईफोन सहित न्यूरोडबाट युवक पक्राउ