कंगनाको ‘इमर्जेन्सी’ माथि बङ्गलादेशमा प्रतिबन्ध
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ बङ्गलादेशमा प्रतिबन्धित गरिएको छ । भारत र बङ्गलादेशबिचको तनावपूर्ण सम्बन्धका कारण यो निर्णय गरिएको हो ।
इमर्जेन्सी १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा लगाएको आपतकालमा आधारित छ । बङ्गलादेशमा इमर्जेन्सीको प्रदर्शन रोक्ने निर्णय भारत र बङ्गलादेश बिचको वर्तमान तनावपूर्ण सम्बन्धसँग जोडिएको आईएएनएसले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ । यो प्रतिबन्ध फिल्मको विषयवस्तुको कारणले कम र दुई देशबिच जारी राजनीतिक तनावका कारणले बढी आएको हो ।
इमर्जेन्सीले १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धमा भारतीय सेना र इन्दिरा गान्धीको सरकारको भूमिका र बङ्गलादेशका पिता भनेर चिनिने शेख मुजीबुर रहमानलाई दिइएको समर्थनलाई चित्रण गर्दछ । फिल्ममा बङ्गलादेशी अतिवादीहरूको हातबाट मुजिबुरहमानको हत्यालाई पनि देखाएको छ ।
यसका कारण बङ्गलादेशमा फिल्म प्रतिबन्धित गरिएको छ । भारतमा जनवरी १७ मा यो फिल्म रिलिज हुँदैछ । बङ्गलादेशमा प्रतिबन्धको सामना गर्ने इमर्जेन्सी एक मात्र भारतीय फिल्म होइन । यसअघि पुष्पा २ र भूल भुलैया ३ जस्ता फिल्महरूलाई पनि त्यहाँ रिलिज गर्न रोक लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण