बङ्गलादेशको सर्वोच्च अदालतले पूर्व प्रम जियालाई दियो सफाइ
ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले बुधवार पूर्व प्रधानमन्त्री खालिदा जियालाई सफाइ दिएको छ । उनी विरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको थियो । भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै जियासामु चुनावमा उम्मेदवारी दिने बाटो खुलेको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले यस वर्षको डिसेम्बरमा वा सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा निर्वाचन गर्दैछ । यतिबेला जिया उपचारका लागि लन्डनमा छिन् ।
यो महिनाको सुरुमा उनी लन्डन गएकी थिइन् । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको सरकारले जियामाथि भ्रष्टाचारको मुद्दा चलाइरहेको थियो । उक्त मुद्दामा पनि निर्दोष ठहर भएपछि जिया उपचारका लागि लन्डन गएकी हुन् ।
सन् १९९१ मा प्रधानमन्त्री भएको जियाले खोलेको एउटा अनाथालयलाई दिएको करिब २ लाख ५० हजार डलर बराबरको दान अपचलन गरेको भन्दै सन् २०१८ मा उच्च अदालतले जियालाई १० वर्षको जेल सजाय सुनाएको थियो । बुधवार सर्वोच्च अदालतको पाँच सदस्यीय पुनरावेदन शाखाले उक्त फैसलालाई उल्ट्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण