मौसम
खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित
बिहीबार, ०३ माघ २०८१, १२ : २४
काठमाडौँ । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो ।
यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ । बिहानदेखि बन्द भएको राजविराजमा भर्खरै मात्र उडान सुरु भएको छ । जनकपुरमा पनि मौसम खुल्दै गएकोले उडानको तयारी गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
बाँकी रहेका एयरपोर्टहरु चन्द्रगढी, भरतपुर, भैरहवा, नेपालगञ्ज धनगढी र पोखरामा भने विहानदेखि नै उडान नियमित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण