मौसम
खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित
बिहीबार, ०३ माघ २०८१, १२ : २४

काठमाडौँ । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो ।
यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ । बिहानदेखि बन्द भएको राजविराजमा भर्खरै मात्र उडान सुरु भएको छ । जनकपुरमा पनि मौसम खुल्दै गएकोले उडानको तयारी गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
बाँकी रहेका एयरपोर्टहरु चन्द्रगढी, भरतपुर, भैरहवा, नेपालगञ्ज धनगढी र पोखरामा भने विहानदेखि नै उडान नियमित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक