दयाहाङको ‘कार्साङ’ ले कस्तो गर्यो व्यवसाय ?

काठमाडौँ । दयाहाङ राईको मुख्य भूमिका रहेको गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म हो ‘कार्साङ’ । फिल्मले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गर्न सफल भएको फिल्मका वितरक कम्पनी आरआर फिल्मस्ले जनाएको छ । दयाहाङको पछिल्लो समय रिलिज भएको फिल्ममा सबैभन्दा कमजोर व्यवसाय यो फिल्मले गरेको हो ।
रिलिजको सुरुका दिनमा केही कम दर्शक पाएको फिल्मले माघ १ गतेबाट हलमा दर्शक राम्रो पाएको कारण आम्दानी एक करोड ४५ आम्दानी पुग्न सफल भएको वितरक कम्पनी आरआर फिल्मस्को भनाई रहेको छ ।
‘कार्साङ’ मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड
-
मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैन : कृषिमन्त्री
-
एक महिनापछि राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे