दयाहाङको ‘कार्साङ’ ले कस्तो गर्यो व्यवसाय ?
काठमाडौँ । दयाहाङ राईको मुख्य भूमिका रहेको गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म हो ‘कार्साङ’ । फिल्मले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गर्न सफल भएको फिल्मका वितरक कम्पनी आरआर फिल्मस्ले जनाएको छ । दयाहाङको पछिल्लो समय रिलिज भएको फिल्ममा सबैभन्दा कमजोर व्यवसाय यो फिल्मले गरेको हो ।
रिलिजको सुरुका दिनमा केही कम दर्शक पाएको फिल्मले माघ १ गतेबाट हलमा दर्शक राम्रो पाएको कारण आम्दानी एक करोड ४५ आम्दानी पुग्न सफल भएको वितरक कम्पनी आरआर फिल्मस्को भनाई रहेको छ ।
‘कार्साङ’ मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण