डा. तीर्थ खनियालाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । उच्च शिक्षाको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. तीर्थ खनियालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।
धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयमा आयोजित ग्लोबल कन्फसेन्समा स्टार स्कलर्सको तर्फबाट एसोसिएसन अफ अमेरिकन कलेजेज् एन्ड युनिभर्सिटिज्ले डा. खनियालाई नोम चोम्स्की ग्लोबल कनेक्सन अवार्ड अन्तर्गत सन् २०२४ को नर्दन स्टार मेडल अफ लाइफ टाइम एचिभमेन्ट प्रदान गरेको हो ।
एसोसिएसनकी अध्यक्ष लिन पासकोयरालाले डा. खनियालाई अवार्ड प्रदान गरेकी थिइन् । स्टार स्कलर्सले अमेरिकाबाटै यो अवार्डको घोषणा गरेको थियो ।
खनियाले जीवनकालमा उच्च शिक्षाको विकास र विस्तारमा पुर्याएको योगदानका साथै पछिल्लो पटक उनका दुई पुस्तक सिफ्टिङ प्याराडाइम इन हाइयर एजुकेसन: हुम्यानिजम, साइन्टिजम एन्ड एकाडेमिक क्यापिटालिजम र न्याभिगेटिङ हाइयर एडुकेसन इन नेपालः हिस्टोरिकल प्रस्पेक्टिभ एन्ड फ्युचर डिरेक्सनले विश्वको उच्च शिक्षा र नेपालको गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा मद्दत गरेको भन्दै उनलाई अवार्डमा छानिएको आयोजकले जनाएको छ । उनको पहिलो पुस्तक विश्वको उच्च शिक्षा र दोस्रो पुस्तक नेपालको उच्च शिक्षासँग सम्बन्धित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण