नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि
काठमाडौँ । नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । उद्घाटन सत्र राष्ट्रिय नाचघर जमलमा मध्यान्ह १२ बजे हुनेछ ।
बन्दसत्र टियुको अडिटोरियम हलमा भोलिदेखि १० गतेसम्म हुने नेता गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको उद्घाटन जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलका बुवा सेते रम्तेल र ईश्वरी दाहाल असारे काकाले संयुक्त रूपमा गर्नेछन् । बन्दसत्रमा संयोजक धर्मेन्द्र बस्तोलाले वैज्ञानिक समाजवादी आन्दोलनको कार्यदिशा र स्वाधीन सरकारको कार्यनीतिसम्बन्धी राजनीतिक दस्ताबेज पेस हुने लोहनीले जानकारी दिए ।
महाधिवेशनमा ७७ जिल्लाबाट ४५० प्रतिनिधि र सय जना पर्यवेक्षक सहभागी हुने उनले बताए । नेतृत्व छनोट प्रक्रिया प्रत्यक्ष मतदानबाट केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समितिले पदाधिकारी छनोट गर्नेछ । हाल ९५ जना केन्द्रीय समिति सदस्य रहेकोमा महाधिवेशनले ६५ जनाको बनाउन सक्ने लोहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण