मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः असफल
शुक्रबार, ०४ माघ २०८१, ०९ : ३०
वासिङ्टन डीसी । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन पुनः असफल भएको छ । बिहीबार उडान भरेलगत्तै समस्याहरू देखिन थालेको स्पेसएक्सले बताएको छ । यसपछि मिसनको माथिल्लो चरण पूरा हुन नसकेको बताइएको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा स्पेसएक्सले भनेको छ, ‘एसेन्ट बर्नको समयमा स्टारशिपमा समस्या आएको थियो । समस्याको मूल कारण राम्रोसँग बुझ्न उक्त उडानसँग सम्बन्धी डेटा टीमले अध्ययन गर्ने छ । टोलीले को लागि यस उडानसँग सम्बन्धित डेटा अध्ययन गर्नेछ।’
सामाजिक सञ्जालमा देखिएको एउटा अपुष्ट भिडियोमा रकेट आगोमा जलिरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा लन्चपछिको भिडियो जारी गर्दै मस्कले भने सफलता अनिश्चित छ, तर मनोरञ्जनको ग्यारेन्टी छ भनेर लेखेका थिए । स्टारसिपको यसअघि ६ पटकसम्मको परीक्षण असफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण