कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका छन् ।
पीडित शिक्षक कीर्तिराज ढकालले सरकारले दिएको पीडा सहन नसकेर राजीनामा दिएको बताए । ‘देश र माटोको माया गर्नुपर्छ भनेर सिकाउने हामीहरूलाई अदूरदर्शी नेतृत्वले दिएको चोट बोकेर विद्यार्थीलाई के सिकाउने ? अन्यौलमा छौं,’ उनले भने, ‘सरकारले गरेको यस निर्णयबाट हामीलाई पर्ने आर्थिक र मानसिक मर्का सहन नसकी आजकै मितिबाट लागू हुनेगरी यो सामूहिक राजीनामा पेस गरेका छौं ।’
२०७४ चैत्र ०४ गतेबाट हालसम्म स्थायी नियुक्ति लिएका शिक्षकहरूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको पीडित शिक्षकहरुको गुनासो छ । ‘प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरिएको अवस्था छ,’ उनीहरुले भने, ‘अध्यादेशको कार्यान्वयनले ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने भएको छ ।’
राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरुले बताएका छन् । सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिए । सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण