प्रचण्डप्रति एमाले महासचिवको कटाक्ष : घुर्की त लगाउनै पर्यो क्यारे !
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई घुर्की लगाइरहेको भन्दै कटाक्ष गरेका छन् । पोखरेलले प्रचण्डले हिउँदे अधिवेशनको माग गरे पनि उनी प्रधानमन्त्री हुँदाचाहिँ माघको अन्तिम सातामा अधिवेशन बोलाइएको बताएका छन् ।
‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनुभएछ कि क्या हो उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ’, उनले शनिवार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
प्रचण्डले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाएको पोखरेलको टिप्पणी छ । ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’, उनको कटाक्ष छ ।
माओवादीसहितका विपक्षी दलले हिउँदे अधिवेशनको माग गर्दै सत्ताको नेतृत्व गरेको दलका महासचिवबाट यस्तो धारणा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण