२०८४ साल भित्रै संविधान संशोधन हुन्छ : धनराज गुरुङ
शनिबार, ०५ माघ २०८१, २० : ४७

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने दाबी गरेका छन् । नेपाली काङ्ग्रेसको सय दिने विशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बिच भएको सातबुँदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताएका हुन् ।
उनले भने, ‘संविधान संशोधन काङ्ग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।’ कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते