क्रिकेटबाट सन्न्यास लिने सन्दीपको सङ्केत
आइतबार, ०६ माघ २०८१, ०७ : ३९
१
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समर्थकलाई धन्यवाद दिँदै संन्यासको सङ्केत गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, 'धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दले नभ्याउने गरी कृतज्ञ छु ।'
हालै सम्पन्न नेपाल प्रिमियर कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए । जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण