इजरायल–हमास युद्धविराम सम्झौता एकाएक समस्यामा
तेल अभिभ । युद्धविरामको लागि दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध फेरि युद्ध सुरु गर्न आफू तयार रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।
इजरायल र हमासबीच जनवरी १९ देखि युद्धविराम सम्झौताको पहिलो चरण लागू हुँदैछ । तर यसको केही घण्टा अघि टेलिभिजनमा सम्बोधन गर्दै नेतान्याहूले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार सुरक्षित राखेको बताए ।
यसको समर्थन अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले समेत गरेको उनको भनाइ छ । युद्धविराम सम्झौता पछि पनि इजरायलमा नेतन्याहूले धेरै तहबाट दबाबको सामना गरिरहेका छन् । यसमा सबै बन्धकहरूको रिहाइको माग गर्ने हजारौँ मानिसहरू पनि छन् ।
आफ्नो टेलिभिजन सम्बोधनमा नेतन्याहूले विगत १५ महिनामा इजरायलको सैन्य कारबाहीको सफलतालाई पनि प्रकाश पारेका थिए । यी आक्रमणमा हमास नेता याह्या सिनवार समेत समूहका शीर्ष अधिकारीहरूको हत्या भएको थियो । ‘हामीले मध्यपूर्वको अनुहार परिवर्तन गरिसकेका छौँ, हमास अब पूर्ण रूपमा एक्लो छ,’ उनले भने ।
इजरायल र हमास बीच स्थानीय समय अनुसार बिहान ८ः३० बजेदेखि युद्धविराम लागू हुँदैछ । शनिबारको भाषण अघि नेतान्याहूले रिहा गर्नुपर्ने बन्धकहरूको सूची हमासले नदिएसम्म इजरायलले सम्झौता लागू नगर्ने बताएका थिए । इजरायलले सम्झौताको उल्लङ्घन सहन नसक्ने उनको भनाइ थियो । हमासले रिहा गर्ने ३३ बन्धकहरूको लामो सूची इजरायली मिडियामा पहिले नै प्रकाशित भइसकेको छ ।
तर अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् । आफूले अहिलेसम्म आइतबार रिहा गर्ने तीन बन्धनका नाम नपाएको इजरायली अधिकारीको भनाई थियो । यसैबिच, इजरायलले गाजामा रहेको हमास र इस्लामिक जिहादका अड्डाहरूमा हवाई आक्रमण जारी राखेको छ । बुधबार सम्झौताको घोषणा भइसकेपछि भएका आक्रमणमा १२० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण