गाजामा इजरायली सेनाको आक्रमण तीव्र
तेल अभिभ । आइतबारदेखि इजरायल र प्यालेष्टिनी सशस्त्र समूह हमासबिच गाजामा युद्धविराम सम्झौता लागू हुँदै थियो । भनेको समयमा युद्धविराम सुरु त भएन, यसबिच इजरायली सेनाले आक्रमण तीव्र बनाउँदा गाजामा धमाधम मान्छे मरिरहेको खबर आइरहेको छ ।
युद्धविराम लागू हुनुपर्ने समयदेखि पहिलो एक घन्टाभित्र इजरायली सेनाले गरेको आक्रमणमा परेर आठ जनाको मृत्यु भएको छ । गाजा हमासले चलाइरहेको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले यसको जानकारी दिएका हुन् ।
गाजा सहरमा पाँच जना मारिएको महमुद बसलले भनेका छन् । अरू तीन जना सहरको उत्तरतिर भएको आक्रमणमा मारिएका हुन् । यी आक्रमणमा परेर २५ जना घाइते भएको उनले बताएका छन् ।
गाजामा धुवाँको ठुला मुस्लो उठिरहेको भिडियोहरू सार्वजनिक भइरहेका छन् । यसैबिच इजरायली सेनाले एक इजरायली सेनाको शव फेला पारेको छ ।
स्टाफ सर्जेन्ट ओरन शल सन् २०१४ मा गाजा युद्धको क्रममा मारिएको र उनको शव हमासले राखिराखेको बताइएको छ । हमासले गाजामा आइतबार देखि लागू हुने भनिएको नयाँ युद्ध विरामको सम्झौता अनुसार शलको शव बुझाउन थालेको ठानिएको छ ।
हमासको कब्जामा यतिबेला सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमला गर्नु अघि बन्धक बनाएका तीन जना इजरायली बन्दी पनि छन् । यीमध्ये एक जना सिपाही हदल गोल्डिन भएको र अन्य दुई जना भने आम इजरायली हुन् । गोल्डिन २०१४ को गाजा युद्धमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण