एमालेमै फर्किने तयारीमा वामदेव गौतम
काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् ।
गौतम नेतृत्वको नेकपा एकता अभियानका महासचिव डीवी कार्कीले सिंगो अभियान एमालेमा समाहित हुने पुष्टि गरे ।
‘कुराकानी पहिला पनि भइरहेको थियो । आज दुई अध्यक्ष (केपी ओली र वामदेव गौतम)बिच टेलिफोन सम्पर्कमार्फत कुराकानी गरेर एमालेसँग एकीकरण गर्ने कुराको टुंगो लाग्यो’, कार्कीले रातोपाटीसँग भने, ‘एकदुई दिनभित्रै औपचारिक रूपमा एकता हुन्छ ।’
नेता गौतमले एकीकृत समाजवादीसँग गर्ने भनेको एकता प्रक्रियाको च्याप्टर क्लोज भएपछि एमालेसँग एकता गर्न लागेको बताए । ‘उता एकीकृत समाजवादीसँग च्याप्टर क्लोज भयो । त्यसपछि एमालेसँग एकता गर्न लागेको हो’, गौतमले भने ।
गौतम निकट कार्कीले दुई नेताबिचको कुराकानीमा एमालेको नीति सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमति भएको बताए । गौतमले एमालेमा वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने पनि कार्कीको भनाइ छ ।
‘वरिष्ठ नेता वा संरक्षकमध्ये एकमा उहाँको व्यवस्थापन गर्न अध्यक्ष ओली सहमत हुनु भएको छ’, कार्कीले भने, ‘अभियानका अरू नेता कार्यकर्ताको पछि सल्लाह गरेर व्यवस्थापन गरिने छ ।’
यसैबिच गौतम नेतृत्वको अभियानका केही नेताहरू अलग्गिएको घोषणा गरेका छन् । आइतबार उपाध्यक्ष महेन्द्र अर्यालसहितले गौतम समूहबाट अल्गिएको घोषणा गरेका हुन् । उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन् ।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन् । अर्यालसँगै कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन् ।
गौतम २०७८ सालमा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र एमाले कतै नलागी बसेका थिए । त्यसपछि गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता अभियानका नाममा गतिविधि गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण