हुथी विद्रोहीहरूको निशानामा इजरायली जहाज
साना । यमनका हुथी विद्रोहीहरूले अब लाल सागर क्षेत्रमा इजरायलसँग सम्बन्धित जहाजहरूमाथि मात्रै आक्रमण गर्ने सङ्केत गरेका छन् । गाजा पट्टीमा युद्धविराम लागू भएपछि यो घोषणा गरिएको हो ।
हुथी विद्रोहीहरूले आइतबार क्यारियर र अन्यलाई पठाएको इमेलमा यस्तो बताएको छ । सोमबार यस निर्णयबारे समूहले छुट्टै सैन्य विज्ञप्ति जारी गर्न सक्ने बताइएको छ ।
अबदेखि उनीहरूले पहिला निशाना बनाउँदै आएका जहाजहरूमाथि आक्रमण नगर्ने बताएका छन् । यसको अर्थ अब उनीहरूले अन्य जहाजहरूलाई छोडेर इजरायलसँग सम्बन्धित जहाजहरूमाथि मात्र आक्रमण गर्नेछन् । यसलाई समूहले परम्परागत प्रतिबन्धहरूको अन्त्य भनेको छ । २०२३ को अक्टोबरमा इजरायल र हमासबिच युद्ध सुरु भएयता हुथी विद्रोहीहरूले लाल सागरमा रहेका झन्डै सय व्यापारिक जहाजहरूमाथि मिसाइल र ड्रोनबाट हमला गरेका थिए ।
यी आक्रमणका क्रममा उनीहरूले केही जहाजहरू कब्जा गरेका थिए । दुई वटा जहाज भने आक्रमणका कारण डुबेका थिए । केही क्षेप्यास्त्र र ड्रोनहरूलाई अमेरिकी र युरोपेली देशहरूको गठबन्धनले रोकेको थियो ।
केही क्षेप्यास्त्रहरू भने आफ्नो लक्ष्यमा पुग्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण