अमेरिकामा टिकटकले पायो ७५ दिनको राहत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देशमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको सेवा पुनःस्थापनाको अवधि बढाएका छन् । चिनियाँ स्वामित्वमा रहेको टिकटकको सञ्चालन ७५ दिन बढाउने कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका छन् । यो अवधिभित्र ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट बचाउने र राष्ट्रिय सुरक्षालाई पनि सुरक्षित गर्ने प्रस्ताव अगाडि बढाउने योजना बनाएका छन् । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।
आजदेखि ७५ दिनको अवधिसम्म अधिनियम लागू गर्न कुनै कारवाही नगर्न आफूले महान्यायाधीवक्तालाई निर्देशन दिइरहेको ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्यकारी आदेशमा भनिएको छ । यसबाट राष्ट्रिय सुरक्षालाई रक्षा गर्ने उचित तरिका निर्धारण गर्न र व्यवस्थित तरिकाले अगाडि बढ्न आफ्नो प्रशासनले अवसर पाउने अनि लाखौं अमेरिकीहरूले प्रयोग गर्ने सञ्चार प्लेटफर्म अचानक बन्द हुनबाट रोकिने पनि उल्लेख गरिएको छ ।
गत वर्ष अप्रिलमा जो बाइडेनले टिकटकमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका थिए । यो विधेयक हाउस र सिनेट दुबैतिर बहुमतले पारित भएको थियो । विधेयकले टिकटकको माउ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटकको व्यवसायबाट अलग हुन २७० दिनको समय दिएको थियो । यो अवधिभित्र कम्पनीले टिकटकको अमेरिकी व्यवसाय नबेचेमा प्रतिबन्धको सामना गर्नुपर्ने भनिएको थियो । यसको अन्तिम म्याद जनवरी १९ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण