चितवन घटनामा आस्था राउतको प्रहरीलाई कटाक्ष : न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि ‘मामा’ !
काठमाडौँ । गायिका आस्था राउतले प्रहरीले चितवनमा एक जना युवामाथि गरेको निर्घात कुटपिटको विरोध गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले त्यसको विरोध समेत गरेकी हुन् ।
प्रहरीको भकुर्ने बानी परिवर्तन हुनुपर्ने धारणा राखेकी छन् । विदेशमा मान्छे मारेको मानिसलाई समेत प्रहरी हात नहाल्ने उनको भनाइ छ ।
‘न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि, त्यो भाइलाई मामा । हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्छन्’, उनले भनेकी छन् ‘घरी जुँगाको लडाइँ हो कि बा जस्तो लाग्छ ।’ संस्कार सिकाउनै भएपनि कुट्नु समाधान नभएको बताउँदै उनले कुटेरै ठिक पार्नुपर्छ भन्ने चलन अब परिवर्तन हुनुपर्नेमा जोड दिएकी छन् ।
‘मानिसहरुको मानसिक स्थिति नै परिवर्तन हुनसक्छ । ठाउँका ठाउँ लाग्यो भने ज्यान जान सक्छ’, उनले सरकारसँग पनि प्रश्न समेत गरेकी छन्, ‘बोल्न नहुने कस्तो गणतन्त्र हो सरकार ?’
‘ठिक छ कल गर्छु भन्यो भने ल गर भनेर भ्यानमा हाले भइहाल्यो नि । अनि लगेर जेल हाले भयो’, आस्थाले अगाडि भनेकी छन्, ‘किन राम धुलाई गर्नु निर्घात रूपमा बिच सडकमा ।’
उनले प्रहरीले यसरी कुट्ने बानी अहिले देखिको नभएको बताउँदै यो परिवर्तन आफूहरूले चाहेको धारणा राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण