अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने व्यवस्था अन्त्य गर्ने ट्रम्पको तयारी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा जन्मेकै आधारमा नागरिकता दिने व्यवस्था अन्त्य गर्ने कदम चालेका छन् । ट्रम्पले संघीय एजेन्सीहरूलाई अवैध आप्रवासी आमाबाबु वा अस्थायी भिसामा अमेरिकामा रहेका बालबालिकालाई जन्मसिद्ध नागरिकताको मान्यता नदिन आदेश दिएका छन् ।
एजेन्सीहरूलाई यो आदेश पालना गर्न ३० दिनको समय दिइएको छ ।
यद्यपि यो विषयमा कानुनी चुनौतीहरू आउन सक्ने सम्भावना भने देखिन्छ । अमेरिकी संविधानको १४ औँ संशोधनअनुसार जन्ममा आधारित नागरिकताको व्याख्या गरिँदै आइएको छ । ट्रम्पको यस कदमलाई यो व्याख्या अन्त्य गर्ने पहलको रूपमा हेरिएको छ । शपथ ग्रहण गरेलगत्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा कयौँ आदेशमा हस्ताक्षर गरेका थिए । यीमध्ये एउटा आदेश यो पनि थियो ।
यी मध्ये लगभग ८० आदेशहरू पूर्वराष्ट्रपति जो बाइडेनको आदेश खारेज गर्नेसँग सम्बन्धित थिए । आफ्नो उद्घाटन भाषणमा ट्रम्पले सबै अवैध प्रवेश रोक्ने वाचा गरे र आपराधिक पृष्ठभूमिका लाखौं आप्रवासीलाई सुपुर्दगी गर्ने कुरा पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण