सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने
हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले निष्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । लोकतन्त्रको बलियो आधार पारदर्शी र सुशासन रहेकाले उक्त विषयमा सूचनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
मंगलबार हेटौंडामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाले अक्सिजनको रूपमा काम गर्ने बताए । समाज परिवर्तनमा सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । सूचना लुकाउनु वा सूचना प्रवाहमा रोक लगाउनु निरङ्कुशता भएको बताए ।
सूचनाले सत्यको नजिक पुर्याउने र त्यसले कार्य सम्पादनमा योजना निर्माणमा मार्ग दर्शन गर्ने उनको भनाई छ । पछिल्लो समय सूचनाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको मन्त्री लामिछानेले बताए । नागरिकको प्रत्यक्ष सरोकारका विषय जोडिएको सूचनालाई प्रवाह गरी सुसूचित गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण