१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
काठमाडौँ । सांसद हरि ढकालले सिमेन्ट उद्योगीले १२ घण्टा लोडसेडिङ भएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । बुधवार उनले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै यस्तो बताएका हुन् ।
सिमेन्ट उद्योग सङ्घका अध्यक्ष रघु नन्दन मारुले १२ घण्टा लोडसेडिङ भएकाले उत्पादनमा कमी आउनका साथै लागत बढेको बताएका थिए । सोही विषयमा बोल्दै सांसद ढकालले गलत तथ्याङ्क नदिन आग्रहसमेत गरे ।
‘बेलुकामा चार घण्टा र बिहानमा दुई घण्टा गरी ६ घण्टा लोडसेडिङ छ । समितिमा यस्तो गलत तथ्याङ्क नदिनुस्’ उनले भने । साथै निर्माण व्यवसायी महासङ्घको सहभागिताबिना मूल्य समायोजन गर्ने सहमति भएकोबारे उनले ध्यानाकर्षण गराउँदै उद्योग मन्त्रीको सेटिङ भएको हुनसक्ने औँल्याए ।
‘निर्माण व्यवसायी महासङ्घको सहभागिताबिना कसरी मन्त्रालयमा सहमति भयो ? यसलाई भन्छन् सेटिङ उनले भने, कहीँ मन्त्रीज्यूको सेटिङ त छैन ?’ साथै हेटौँडा र उदयपुर सिमेन्टको मूल्य बढी भएकोमा समेत सेटिङ भएको आशङ्का उनले गरे ।
वाणिज्य विभागका महानिर्देशक राजन पौडेलले माघ ६ गते निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबिच मूल्य समायोजन सहमति भएको बताएका थिए । सो सन्दर्भमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले भने त्यसमा महासङ्घको सहभागिता नभएको बताएका थिए । सोही सन्दर्भमा सांसद ढकालले सेटिङ भएको तर्क गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण