मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
बुधबार, ०९ माघ २०८१, १३ : ३२

काठमाडौँ । सांसद योगेश भट्टराईले मूल्य बढ्नुमा संयोग नभएर नियत खराब भएको हुनसक्ने बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।
‘निर्माणको सिजनमा मूल्य वृद्धि गरिएको छ । तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको छ, सांसद भट्टराईले भने, ‘मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै ?’
साथै उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । भट्टराईले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
बालमन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित