आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
बुधबार, ०९ माघ २०८१, १७ : १४

काठमाडौँ । अभियन्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले रातोपाटीलाई बताए ।
प्रहरी प्रतिवेदनको आधारमा उनीमाथि गौशाला प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । माघ २ मा पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ ।
पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी सुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।
प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने